logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रतिकूल माैसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकूल माैसमका कारण आन्तरिक उडान प्रभावित


  • सोमबार, पुष २३ २०८०

  • काठमाडौँ । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थल खुल्न सकेको छैन। विराटनगर विमानस्थलका प्रवक्ता युवराज भण्डारीले सोमबार बिहानबाट मौसम अनुकूल नहुदाँ विमानस्थल खुल्न नसकेको जानकारी दिए।आज बिहानैबाट हुस्सु लाग्दा हवाई यातायात सञ्चालनमा आउन नसकेको उनले बताए।प्रवक्ता भण्डारीका अनुसार हाल करिब ८ सय मिटर भिजिविलिटी रहेको र केही समयमा विमानस्थल खुल्ने सम्भावना रहेको छ।

    विमानस्थलमा सेवा सुचारु गर्नका लागि कम्तीमा १ हजार मिटर भिजिविलिटी हुनुपर्ने उनले बताए।यससँगै एटिआर विमानका लागि भिजिविलिटी १ हजार ६ सय र जेटल विमानका लागि कम्तीमा २ हजार मिटर भिजिविलिटी हुनुपर्ने प्रवक्ता भण्डारीले् जानकारी दिए।मौसम अनुकूल हुनसक्ने सम्भावना कम देखिएसँगै श्री एयरले सोमबार बिहानको पहिलो उडान तालिकामा राखेको छैन।

    आज बिहानको पहिलो उडान तालिकामा नसमेटिए पनि बाँकी उडान यथावत रहेको श्री एयरका विराटनगर इन्चार्ज अर्जुन कार्कीले जानकारी दिए।आज बिहानैबाट काठमाडौं जानका लागि विमानस्थल क्षेत्रमा उल्लेख्य मानिसको उपस्थिति रहेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय