logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

डा हिरालाल ‘फेमिली कियर अस्पताल’मा अनुसन्धान संयोजकको रूपमा मनोनीत

डा हिरालाल ‘फेमिली कियर अस्पताल’मा अनुसन्धान संयोजकको रूपमा मनोनीत


  • सोमबार, पुष २३ २०८०

  • काठमाडाैँ । जडीबुटी विशेषज्ञ डा हिरालाल भुजेललाई डिक्तेलकाे खाेटाङ अवस्थित फेमिली हेल्थ कियर अस्पतलाले ‘अनुसन्धान संयोजक’को रूपमा प्रशंसा तथा मान्यतापत्र प्रदान गरेकाे छ ।

    फेमिली हेल्थ कियर अस्पतालमा विगत एक दशकदेखि सहकार्यमा काम गर्दै जडिबुटी र प्राकृतिक उपचारविधि मार्फत स्वास्थ्य उपचारमा सेवा पुर्रयाँदै आउनुभएका डा हिरालालकाे योगदानलाई कदर गर्दै अस्पतालले उच्च प्रशंसा तथा मान्यतापत्र द्वारा सम्मान गरेकाे हाे ।

    डा हिरालालले हजारौं मानिसहरूलाई आफ्नो जडिबुटी औषधिहरूमार्फत लाभान्वित गराइसक्नुभएको छ । यस्तैमा डा भुजेलले नेपालका साथै भारत र बंगलादेशकाे अस्पतालमा समेत हर्बल तथा प्राकृतिक चिकित्सा उपचारमार्फत स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

    वहाँले नेपालमै उत्पादन हुने जडिबुटी पद्दतीको प्रयोग गरेर क्यान्सर लगायत संक्रामक रोगहरूको उपचार गर्दै आइरहनुभएको छ ।

    सुगर, प्रेसर, थाइराइड, प्राेस्टेट, नशा हाडजाेर्नी दुखेकाे, घुँडा दुखेकाे, कम्मर लगायत अन्य संक्रमित राेगकाे ४ दशक लामाे अनुसन्धान गरी देश विदेशमा समेत सफल उपचार गरी नेपाल स्वास्थ्य मन्त्रालयबाट पनि विशेष सम्मानित हुनुभइसकेकाे छ डा भुजेल ।

    त्यस्तै बहालवाला सभामुख देवराज घिमिरेकाे हातबाट नागरिक बाेर्डमा विशिष्ट सम्मान, बहालवाला प्रेस काउन्सिलका अध्यक्षा बालकृषण बस्नते लगायत बहालवाला नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पनि डा भुजेललाइ सम्मान तथा विशेष कदर पत्रद्वारा सम्मानित गरिसक्नुभएकाे छ ।

    IMG-9c619ecd32e93eaa96ba1b63a2c541cf-V.jpg

    IMG-925cc94bdc344a622495447416969763-V.jpgIMG-a9c7f41f409e9e56202b87ccbe9cde4c-V.jpgIMG-282219edbcc1153e184c94480ff36228-V.jpg

    2.jpg1.jpg4.jpg


    सम्बन्धित समाचार थप

    लोकप्रिय