logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपालसहित तीन नेतालाई

राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपालसहित तीन नेतालाई


  • आइतबार, पुष २२ २०८०

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपालसहित तीन नेतालाई दिएको हो । समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकले अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    क्लस्टरका कारण समेत पार्टीको तर्फबाट उम्मेदवार टुङ्ग्याउन ढिलाइ भएको भन्दै उनले अन्य दलसँग पनि परामर्श गरेर निर्णय हुने जानकारी दिए । उनका अनुसार आज साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । एकीकृत समाजवादीले बागमती र कर्णालीमा गरी दुई सिट भाग पाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय