logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा

सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा


  • आइतबार, पुष २२ २०८०

  • काठमाडौँ । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार पुन: तनाव भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो ।प्रहरीले प्रदर्शनकारीलाई लखेट्न ८ सेल अश्रुग्यास हानेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र सिंह थारुले जानकारी दिए ।

    गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।आफन्त र स्थानीय बासिन्दाले उनको शव उठाउन मानेका छैनन् ।

    आइतबार बिहानैदेखि शव उठाउने विषयमा आन्दोलनरत तथा मृतक परिवार र जिल्ला प्रशासन कार्यालयबीच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको थियो । छलफल भइरहेकै बेलामा बाहिरबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका हुन् ।शुक्रबार साँझ साहको मृत्युपछिको तनावपूर्ण अवस्थामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । शनिबार पनि दिनभर घरबाहिर हिँडडुलमा प्रतिबन्ध लगाएकामा आइतबार विहान ८ बजेदेखि खुला गरिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय