logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टिमो वेर्नर ऋणमा टोटनह्याम आउने

टिमो वेर्नर ऋणमा टोटनह्याम आउने


  • आइतबार, पुष २२ २०८०

  • काठमाडौं  । टोटनह्यामले टिमो वेर्नरलाई आरबी लेइपजीगबाट ऋणमा अनुबन्ध गर्ने भएको छ । क्लबसँग सिजनको अन्त्यमा उनलाई पूर्णरुपमा अनुबन्ध गर्ने विकल्प पनि रहेको बताइएको छ ।

    २७ वर्षीय फरवार्ड मेडिकलका लागि लन्डन आइपुग्नेछन् । सहमति अनुसार बाँकी सिजनका लागि उनको तलब टोटनह्यामले बेहोर्नेछ । यसअघि सन् २०२० मा उनी लेइपजिगबाट ४.५ करोड पाउन्डमा अर्को प्रिमियर लिग क्लब चेल्सीसँग अनुबन्ध भएका थिए । क्लबका लागि ८९ खेलमा २३ गोल गर्दै उनी सन् २०२२ मा लेइपजिग नै फर्किएका थिए ।

    यो सिजन जर्मन फरवार्डले बुन्डेसलिगामा १४ खेलमा दुई गोल गरेका छन् । लेइपजिगका म्यानेजर मार्को रोसले पनि वेर्नर टोटनह्याम जाने पुष्टि गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय