logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

देशका विभिन्न जिल्लामा ३ जना मृत फेला

देशका विभिन्न जिल्लामा ३ जना मृत फेला


  • शनिबार, पुष २१ २०८०

  • काठमाडौँ । देशका विभिन्न जिल्लामा ३ जना मृत फेला परेका छन् । सिन्धुली, पर्वत र झापामा ३ जना मृत अवस्थामा फेला परेका हुन् । सिन्धुलीको दुधौली नगरपालिका–६ लालभितीस्थित कमला खोला किनारमा सोही नगरपालिका–१ गिजिहानी बस्ने ५३ वर्षीय भिमनाथ अधिकारी मृत अवस्थामा फेला परेका छन् । उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

    त्यस्तै पर्वतको जलजला गाउँपालिका–४ स्थित कालीगण्डकी नदीको किनारमा एक महिला मृत फेला परेकी छन् । म्याग्दीको वेनी नगरपालिका–७ शान्तीटोल बस्ने ६० वर्षीया प्रमिला जोशी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । उता, झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित कन्काई खोलाको किनारमा एक पुरुष मृत फेला परेका छन् । शुक्रबार मृत अवस्थामा फेला परेका करिब ४५ वर्षीय पुरुषको नाम, थर र वतन नखुलेको  प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय