logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

आर्यन र केकी अभिनीत नयाँ गीत सार्वजनिक

आर्यन र केकी अभिनीत नयाँ गीत सार्वजनिक


  • शनिबार, पुष २१ २०८०

  • काठमाडौँ । आर्यन सिग्देल र केकी अधिकारी अभिनीत नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटु चलेको’ बोलको गीत सार्वजनिक भएको हो । मुन्दुम स्टुडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ । गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए ।

    ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ । त्यसैले भिडियोमा पनि दुई प्रेमी/प्रेमिकाको प्रेमलाई देखाइएको छ,’मञ्जिलले भने । मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ, अनिल रानाको सम्पादन छ । हिमाल श्रेष्ठले खिचेको गीतको भिडियो निर्देशन बादल लिम्बूले गरेका हुन्।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय