logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अरोपमा एक महिला पक्राउ

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अरोपमा एक महिला पक्राउ


  • मंगलबार, पुष १७ २०८०

  • काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे रहेकी छन् ।

    जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय