logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आफूविरुद्ध भ्रामक समाचार लेखेको भन्दै रविले हाले कान्तिपुर विरुद्ध गाली बेइज्जती

आफूविरुद्ध भ्रामक समाचार लेखेको भन्दै रविले हाले कान्तिपुर विरुद्ध गाली बेइज्जती


  • मंगलबार, पुष १७ २०८०

  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पत्रिकार र अनलाइनविरुद्ध गाली बेइज्जती मुद्दा हालेका छन्। आफूविरुद्ध भ्रामक समाचार लेखेको भन्दै लामिछानेले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

    आफू सहकारीको पैसा हिनामिनामा संलग्न नरहेको अवस्थामा आफ्नो प्रतिष्ठामा आँच आउने गरी कान्तिपुरले समाचार सम्प्रेरण गरेको लामिछानेले आरोप लगाएका छन्। उनले भनेका छन्, ‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’

    कान्तिपुरले लामिछानेले सहकारीबाट पैसा झिकेर हिनामिना गरेको विषयमा समाचार सम्प्रेषण गर्दै आएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय