logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सौगात र विपिनको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’चैत ३० बाट प्रदर्शनमा आउने

सौगात र विपिनको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’चैत ३० बाट प्रदर्शनमा आउने


  • सोमबार, पुष १६ २०८०

  • काठमाडौं । फिल्म ‘द रेड सुटकेस’ नेपालमा नयाँ वर्ष अर्थात चैत ३० बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।

    मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाले निर्देशन गरेका हुन् ।

    गत सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्त्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल लगायतमा छनौट भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय