काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्रीले राजीनामा दिएर आयोगलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताएका हुन्।उनले सरकारले युवाहरूमा देखिएको असन्तुष्टिलाई छलफल गरी समाधान गर्नुपर्ने ठाउँमा गोली हानेर मार्नेकुरा सह्य नहुने चेतावनी दिए।
उनले समस्या सिर्जना भइसकेपछि गम्भीर रूपमा लिएर समाधान गर्न जानुपर्छ कि गोली हान्नुपर्छ? भन्दै प्रश्न गरे।उनले गृहमन्त्री श्रेष्ठले राजीनामा नगरेसम्म आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने जिकिर गरे।सांसद राईले सरकारले सानालाई नभइ ठूलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।