logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बालकुमारी घटनामा मृत्यु भएका अछामका शाहको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने

बालकुमारी घटनामा मृत्यु भएका अछामका शाहको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौँ । सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत दिने बताए।

    आज नै शाहका ‘हत्यारा’लाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघि आफन्तले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीले वीरेन्द्रको शव अछाम पुर्‍याउनु पर्ने, शहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषण गर्नुपर्नेलगायतका आठ बुँदे माग राखेको आफन्त भरतबहादुर शाहले जानकारी दिए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय