logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् ।

    पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको सिंहले बताए ।

    तर सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखकै कामका लागि मैतीदेवी पुगेर फर्किएको र उक्त गाडीसँग पास रहेको बताएका छन् । ‘आज बोक्न विर्सनु भएको रहेछ, तर सभामुखको काममा सार्वजनिक विदाको दिन चलाउने पास छ’, अधिकारीले भने ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय