logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना समय अवधि थप

कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना समय अवधि थप


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना समय अवधि थप गरेको छ । पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।उनका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो ।

    ‘अधिवेशनका लागि तदर्थ समिति बनाइयो । यो बीचमा अधिवेशन हुन सकेन । हामीले अहिले अन्तिम पटकका लागि ६ महिनाको समय थपिएको छ । यो ६ महिनामा पनि अधिवेशन भएन भने तदर्थ समिति भंग गरेर नयाँ ल्याउँछौं ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय