logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ब्रिटिस अभिनेता टम विल्किन्सनको निधन

ब्रिटिस अभिनेता टम विल्किन्सनको निधन


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौँ ।  ब्रिटिस अभिनेता टम विल्किन्सनको निधन भएको छ । ७५ वर्षका अभिनेताको शनिवार निधन भएको हो । उनको निधनको पुष्टि परिवारले गरेका छन् ।ओस्करमा समेत नोमिनेशनमा परेका अभिनेता टमले ‘द फूल मोन्टी’ र ‘द बेस्ट एग्जाटिक मेरीगोल्ड होटल’ फिल्मबाट पहिचान बनाएका थिए । उनको निधनको कारण खुलाइएको छैन ।

    विल्किन्सनको २००१ को फ्यामिली ड्रामा ‘इन द बेडरुम’बाट वेस्ट अभिनेताको रूपमा ओस्करको नोमिनेशनमा परेका थिए । त्यसपछि २००७ मा रिलिज भएको ‘माइकल क्लेटन’बाट पनि उनी बेष्टसपोटिङ अभिनेताको रूपमा पनि नोमिनेसनमा परेका थिए ।विल्किन्सनले ४७ सालको करियरमा १०० बढी फिल्म अभिनय गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय