logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको हो ।

    मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

    प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय