logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गगनकुमार थापाले प्रचण्डलाई राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी

गगनकुमार थापाले प्रचण्डलाई राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी


  • शनिबार, पुष १४ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन् ।

    शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे । उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । उनले कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गरे । उनले बालकुमारीमा बिहीबार भएको घटनाप्रति दुःख व्यक्त गरे ।

    महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरे  ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय