logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मन्त्रीको गाडी जलाइएपछि बालकुमारी क्षेत्र तनावग्रस्त

मन्त्रीको गाडी जलाइएपछि बालकुमारी क्षेत्र तनावग्रस्त


  • शुक्रबार, पुष १३ २०८०

  • काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा नै आगजानी गरेका छन् ।

    शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ ।

    आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ भने मन्त्रीचाहिँ सुरक्षित छन् । अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय