logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आर्सनल घरेलु मैदानमै वेष्टहमसँग पराजित

आर्सनल घरेलु मैदानमै वेष्टहमसँग पराजित


  • शुक्रबार, पुष १३ २०८०

  • काठमाडौं । प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेष्टहम युनाइटेडसँग २(० ले पराजित भएको छ । यस हारले आर्सनललाई शीर्ष स्थानमा उक्लनबाट बन्चित गर्‍यो ।

    वेष्टहमले प्रिमियर लिगमा आर्सनलमाथि लगातार तेस्रो पटक जित निकालेको हो ।

    वेष्टहमका लागि थोमस साउसेकले १३औं मिनेटमा गरेका थिए अर्को गोल मोन्स्टानटिनोस माभरोपानोसले ५५औं मिनेटमा गरे ।

    आर्सनलले दबाब दिए पनि गोल फर्काउन सकेन ।

    हारपछि मिकेट आर्टेटाको टोली १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमै छ । जुन शीर्ष स्थानको लिभरपुल भन्दा २ अंकले पछि हो ।

    जितपछि ३३ अंक जोडेको वेष्टहम भने छैटौं स्थानमा उक्लेको छ ।

    अर्को खेलमा ब्राइटनले टोटनहमलाई ४–२ ले हरायो ।

    जितपछि ब्राइटन १९ खेलबाट ३० अंक जोडेर आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ३६ अंक रहेको टोटनहम पाँचौ स्थानमै छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय