logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मधेशले लुम्बिनी प्रदेशलाई हरायो

मधेशले लुम्बिनी प्रदेशलाई हरायो


  • बिहिबार, पुष १२ २०८०

  • काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको दोस्रो जित हो ।

    चार खेलमा भने मधेश प्रदेश पराजित भएको छ । ६ खेल खेलेको लुम्बिनी प्रदेशले पनि दुई खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने १८.५ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय