logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एकीकृत समाजवादीले पार्टी महाधिवेशन र राष्ट्रियसभा सदस्य उम्मेदवारबारे छलफल गर्दै

एकीकृत समाजवादीले पार्टी महाधिवेशन र राष्ट्रियसभा सदस्य उम्मेदवारबारे छलफल गर्दै


  • बुधबार, पुष ११ २०८०

  • काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौं बैठक बुधबारदेखि सुरु भएको छ। तीन दिनसम्म बस्ने बैठकले विधान संशोधन, पार्टीको महाधिवेशन र राष्ट्रियसभा सदस्यको उम्मेदवारबारे छलफल गर्दैछ।

    एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी वर्ष जेठमा काठमाडौंमा गर्ने तय भएको छ। यसअघि यही माघमा गर्ने तय भएको अधिवेशन तयारी नपुगेको भन्दै धकेलिएको हो।पार्टीको विधान समय सान्दर्भिक, उमेर हद, समानुपातिका समावेशी प्रतिनिधित्व लगायतका विषय हेरफेर गर्ने आवाज उठेका छन्।

    आगामी माघ ११ गते हुने संघीय संसदअन्तर्गत राष्ट्रियसभा निर्वाचनको उम्मेदवारको विषयमा पनि बैठकमा छलफल हुने एक नेताले बताए।सत्तारूढ गठबन्धनको मोटामोटी सहमतिमा एकीकृत समाजवादीले राष्ट्रियसभामा २ सिट पाउने खाका बनेको छ।नेताहरू घनेन्द्र बस्नेत, प्रमेश हमाल, गणेश विक, सावित्रा भुसाललगायत आकांक्षीको नाम बढी चर्चामा छ।आज सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय