logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मित्र प्रधानको  निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” को नेपाल र भारतमा छायाङ्कन सकियो, बाँकी अमेरिकामा हुने

मित्र प्रधानको  निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” को नेपाल र भारतमा छायाङ्कन सकियो, बाँकी अमेरिकामा हुने


  • मंगलबार, पुष १० २०८०

  • काठमाडौँ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानको  निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो”  नेपाल र भारत गरेर तीस दिनमा छायाङ्कन गरिएको छ । चलचित्रको बाँकी छायाङ्कन अमेरिकामा हुने छ ।

    चलचित्रको नेपालका झापा र इलाम, भारतको सिक्किम ,दार्जिलिङ, जयगाउँ पश्चिम बङ्गाल लगायतको ठाउँमा छायाङ्कन गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन , सुवास भण्डारी, विजय सुब्बा लगायतको मुख्य भूमिका रहनेछ।

    पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति, निर्देशक मित्रकै निर्माण रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दै छ । चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषय बस्तुलाई उठान गर्न खोजेको  छ ।

    शिवं अधिकारीको लेखन, दीपक शर्माको सङ्गीत ,सौरभ लामाको छायाङ्कन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय