logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ब्रह्मानन्द र गजनी जोडिएको फिल्म ‘ह्रस्वदीर्घ’मा संचिता लुइँटेलदेखि प्रशान्त ताम्राकारसम्म

ब्रह्मानन्द र गजनी जोडिएको फिल्म ‘ह्रस्वदीर्घ’मा संचिता लुइँटेलदेखि प्रशान्त ताम्राकारसम्म


  • सोमबार, पुष ९ २०८०

  • काठमाडौँ । नीता ढुंगाना फिल्म्सको ब्यानरमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा  एकपछि अर्को गर्दै चर्चित कलाकारहरु जोडिरहेका छन । नाम चलेका नेपाली र भारतीय कलाकारहरु यो फिल्ममा देखिने पक्कापक्की भएको छ । यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दै छन ।

    यो फिल्ममा पछिल्लो समय नेपालका चर्चित अनुहारहरु संचिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ पनि जोडिएका छन् ।फिल्ममा यसअघि नै ब्रह्मानन्द, ‘गजनी’ अभिनेता प्रदीप रावतदेखि नेपाली कलाकारहरु सरोज खनाल, बिपना थापाजस्ता चलेका नामहरु जोडिएका छन् ।

    बलिउड अभिनेता रावत पनि केही दिनमा नेपाल आउँदैछन् । फिल्मको दोस्रो चरणको छायांकन एक महिनासम्म नवलपरासी, चितवन र सौराहामा चल्ने जनाइएको छ ।तेस्रो चरणको छायांकन फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा गर्ने योजना छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय