logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झापाको शरणार्थी शिविरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

झापाको शरणार्थी शिविरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति


  • आइतबार, पुष ८ २०८०

  • काठमाडौँ ।  झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरको एक सेक्टरमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बढीको क्षति भएको छ ।

    दमक नगरपालिका- ३ स्थित शिविरको सेक्टर नम्बर सी ४ मा रहेको ५ सय ३५ नम्बरको घरमा आगलागी भएको हो । वडा नं- ३ का अध्यक्ष नविन बरालका अनुसार भीमबहादुर घिमिरेको घरमा विद्युत शर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

    आइतबार बिहान करिब ३ बजे आगलागी सुरु भएको बताएका बरालले दमक नगरपालिकाको वारुणयन्त्र, प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताए ।बाँस र जस्तापाताको कटेरो घर भएको हुँदा आगो चाडै फैलिएको बताएका स्थानीयले आगलागीमा मानवीय र पशुचौपायाको क्षती नभएको उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय