logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टोटनहामले इभर्टनमाथि २–१ को जित निकाल्यो

टोटनहामले इभर्टनमाथि २–१ को जित निकाल्यो


  • आइतबार, पुष ८ २०८०

  • काठमाडौं– टोटनहामले इभर्टनमाथि २–१ को जित निकालेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटनहामले इभर्टनमाथि २–१ को जित निकाल्यो।

    टोटनहामको जितमा रिचर्डलिसन र सन हिङ–मिनले गोल गरे। खेलको नवौं मिनेटमा जोनसनको पासमा रिचर्डलिनसले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। १९औं मिनेटमा सनले गोल गर्दै अग्रता दोब्बर बनाए

    ८२औं मिनेटमा इभर्टनका आन्द्रे गोमेसले गोल गरेपछि इभर्टनले दूरी छोट्याएको थियो। बाँकी समय दुबैफर्तबाट गोल नभएपछि टोटनहामले २–१ को जित निकाल्यो।

    टोटनहामले जित निकाल्दा म्यानचेस्टर युनाइटेड भने पाँचौं स्थानमा चिप्लिएको छ। इभर्टनलाई हराउँदै १८ खेलबाट ३६ अंकका साथ टोटनहाम चौथो स्थानमा उक्लिदा म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा झरेको हो। १७ खेलबाट ३४ अंकसहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय