logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अमेरिकाबाट इन्द्रेणी कृष्ण कँडेल र निशा सुनारको दोहोरी साँझ , रच्यो नयाँ इतिहास

अमेरिकाबाट इन्द्रेणी कृष्ण कँडेल र निशा सुनारको दोहोरी साँझ , रच्यो नयाँ इतिहास


  • आइतबार, पुष ८ २०८०

  • अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनासस शहरमा सम्पन्न इन्द्रेणी दोहोरी साँझले इतिहास रचेको छ । भर्जिनियामा पहिलो पटक लोक दोहोरी साँझ आयोजना गरिएको हो ।

    रूशा इन्टरप्राइजेजको प्रस्तुतिमा उक्त लोक दोहोरी साँझ कार्यक्रम आयोजना गरिएको हो । छोटो समयको आह्वानमा आयोजित कार्यक्रममा दर्शकहरु उभिएर र भुईमा बसेर समेत इन्द्रेणीका संस्थापक तथा संचालक प्रसिद्ध लोक गायक स्वयम कृष्ण कंडेल र चर्चित लोक गायिका निशा सुनार बीचको दोहोरी हेरेका थिए ।
    कार्यक्रमको प्रारम्भ बिशेष भिन्न प्रकारबाट प्रस्तुति र कलाकारहरुको प्रवेश पनि पृथक रुपमा गराईएको थियो । दोहोरी साँझको लागि बाल्टिमोरबाट बिशेष सांगीतिक टोलीहरुले कृष्ण कँडेल तथा निशा सुनारलाई साथ दिएका थिए ।

    सोही क्षेत्रमै बसोबास गर्ने चर्चित कार्यक्रम प्रस्तोता सरोज केसी तथा रूशा केसीले उखान टुक्का सहितको अत्यन्तै बेजोडको कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रम मनासस शहरकै व्यवसायी तथा पत्रकार निदेश अधिकारी,घर खरिद तथा बिक्री अभिकर्ता (रियलटर) गणेश पाण्डे र मिलन गोर्खालीको संयोजनमा कार्यक्रम भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय