logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गण्डकीकाेअध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन

गण्डकीकाेअध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन


  • शनिबार, पुष ७ २०८०

  • काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको पहिलो अधिवेशनले उनको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा कास्कीका सुशन घिमिरे र स्याङजाका विश्वदर्शन पराजुली चयन भएका छन् । सचिवमा नवलपुरका सुरज सापकोटा, सहसचिवमा डिएन (दिननाथ) लामिछाने, स्वीकार पोखरेल, अनिल कुँवर र महिला तर्फ कृति भट्टराई चयन भए । कोषाध्यक्षमा विक्रम क्षेत्री चयन भएका निर्वाचन समितिले जनाएको छ ।

    अध्यक्षमा तनहुँका आरके पोखरेलको पनि दाबी थियो । तर श्रेष्ठ केन्द्रमा एमाले महासचिव शंकर पोखरेल निकट भएका कारण उनको विरुद्धमा कसैले पनि दाबी नगरेका विद्यार्थी नेताहरू बताउँछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय