logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्रीबाट इनरुवा सवस्टेशन उद्घाटन

प्रधानमन्त्रीबाट इनरुवा सवस्टेशन उद्घाटन


  • शुक्रबार, पुष ६ २०८०

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् नेपाल विद्युत् प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन गरेका छन् । शुक्रवार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० /२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् ।  सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूर्ण रूपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत् पुगेको छ । आउँदो डेढ वर्षमा शतप्रतिशत जनताले विद्युत् पुर्‍याउने सरकारले लक्ष्य लिएका छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    उनले सरकारले ठुला क्षमताका प्रसारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत् बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए । ‘यसबाट सम्मृद्धिको यात्रामा देशले एउटा खुड्किलो पार गरेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय