logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हरियाणाको मुर्रा पटनामा चर्चा बटुल्दै

हरियाणाको मुर्रा पटनामा चर्चा बटुल्दै


  • शुक्रबार, पुष ६ २०८०

  • काठमाडौँ । भारतको बिहार राज्यको राजधानी पटनामा पशुपालन व्यवसायसँग सम्बन्धित एउटा एक्सपो आयोजना भइरहेको छ । उक्त एक्सपोमा राखिएको मुर्रा जातको एउटा राँगो मुख्य आकर्षण बनेको छ । भोलु नाम गरेको उक्त राँगो हरियाणा राज्यबाट ल्याइएको हो । राँगोका मालिक नरेन्द्र सिंहलाई भारतका राष्ट्रपतिले पद्मश्री पुरस्कारसमेत प्रदान गरिसकेका छन् ।

    सिंहका अनुसार त्यो राँगोका किन्नका लागि १० करोड भारु मूल्य प्रस्ताव भइसकेको छ । तर उनी यसलाई बेच्न मानिरहेका छैनन् । उनले ‘ब्रिडिङ’ का लागि राँगो पालेका हुन् ।राँगोको खानपिनका लागि मासिक ५० देखि ६० हजार भारु खर्च हुने सिंह बताउँछन् । यो राँगोले प्रत्येक दिन ३० किलो घाँस, ७ किलो अन्न खान्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय