logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्राइम बैंकले लगानीकर्तालाई लाभांश नदिने

प्राइम बैंकले लगानीकर्तालाई लाभांश नदिने


  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो । आज बसेको कम्पनीको ४८७औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको जनाइएको छ । यस्तै, सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।

    प्राइम बैंकले चालू आर्थिक वर्षको बजेटको व्यवस्थाअनुसार सरकारलाई मर्जर तथा प्राप्ति र प्रिमियममा सेयर जारी गरेबापतको कर बुझाएको छ । कम्पनीले ठुला करदाता कार्यालयमा २८ करोड ९६ लाख रुपैयाँभन्दा धेरै कर बुझाएको थियो । सोही कारण लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय