logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तिर्‍यो प्रिमियम सेयरबापतको कर

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तिर्‍यो प्रिमियम सेयरबापतको कर


  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रिमियममा जारी गरेको सेयर बापतको कर बुझाएको छ । कम्पनीले एफपीओमार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमबापतको रकमको कर नेपाल सरकारलाई बुझाएको जानकारी दिएको हो । यस्तै, हकप्रद लिलामबाट प्राप्त प्रिमियमको रकमको कर समेत बुझाएको कम्पनीले जनाएको छ ।

    कम्पनीले आयकर ऐन २०५८ को दफा ५६ (३) बमोजिम निकायको आयमा समावेश गर्नुपर्ने व्यवस्था बमोजिम कर तिरेको जानकारी दिएको छ ।यसबापत सिद्धार्थले राज्य कोषमा १६ करोड १४ लाख ३६हजार ६६६ रुपैयाँ कर ठुला करदाता कार्यालयमा दाखिल गरेको सचिव सुदर्शन आचार्यले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय