logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संसदीय सुनुवाइ समितिकाे बैठक आज सकिने, आजै सर्वाेच्चमा प्रस्तावित न्यायाधीशकाे नाम अनुमाेदन गरिने

संसदीय सुनुवाइ समितिकाे बैठक आज सकिने, आजै सर्वाेच्चमा प्रस्तावित न्यायाधीशकाे नाम अनुमाेदन गरिने


  • सोमबार, पुष २ २०८०

  • काठमाडौं- सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ। सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक जारी छ। आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ। योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ।सुनुवाइ सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ।

    यसअघि आइतबार बसेको बैठकमा दुई जनाको संसदीय सुनुवाइ भएको थियो। बैठकमा महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको पनि संसदीय सुनुवाइ भइसकेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय