logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

देउडा आइडलको जिल्ला संयोजकमा रोकाया

देउडा आइडलको जिल्ला संयोजकमा रोकाया


  • आइतबार, पुष १ २०८०

  • काठमाडौँ ।  हुम्ला जिल्लाको देउडा आइडल कार्यक्रमका लागि जिल्ला संयोजकमा तीर्थराज रोकाया चयन भएका छन्। जिल्लास्तरीय देउडा आइडल कार्यक्रम सञ्चालन गरी प्रदेश स्तरको प्रतियोगिता छनोट गर्न रोकायालाई जिल्ला संयोजकमा चयन गरिएको हो।सिमकोट गाउँपालिका– ५ का रोकायाले आफूलाई जिल्ला स्तरको देउडा आइडल छनौट कार्यक्रमका लागि संयोजकको जिम्मेवारी दिइएको बताए।

    पुसभित्र जिल्लास्तरीय देउडा आइडल छनोट कार्यक्रम सञ्चालन गरेर प्रदेशका लागि पठाइनेछ। अब जिल्लाका सातमध्ये ६ वटा गाउँपालिका सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा सो कार्यक्रम सञ्चालन गर्न एक एक जना गाउँपालिका संयोजक छनोट हुनेछन्।गाउँपालिका संयोजक छनोट हुनेबित्तिकै गाउँपालिकास्तरको देउडा आइडल छनोट पुस २० गतेभित्र सम्पन्न गरिने भएको छ। जिल्लामा पहिलो पटक देउडा आइडल कार्यक्रम सञ्चालन हुन लागेको हो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय