logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

तनहुँमा टिप्परलाई ओभरटेक गर्दा बस दुर्घटना, १८ यात्रु घाइते

तनहुँमा टिप्परलाई ओभरटेक गर्दा बस दुर्घटना, १८ यात्रु घाइते


  • आइतबार, पुष १ २०८०

  • काठमाडौं- पृथ्वी राजमार्गमा टिप्परलाई ओभरटेक गर्न खोज्दा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दुर्घटनामा १८ यात्रु घाइते भएका छन्। बसमा करिब ४० यात्रु सवार थिए।आइतबार बिहान साढे ८ बजे तनहुँको व्यास नगरपालिका- १२ कमलबारीमा बस दुर्घटना भएको हो।

    मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ओभरटेक गर्ने क्रममा दाहिने टायर सडकबाट खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डिएसपी मोहनकुमार खाँणले बताए।

    घाइतेमध्ये ४ जना दमौली अस्पतालमा उपचार भइरहेको छ। ६ जनाको रत्नहरि मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।८ जनाको थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ। अलि बढी चोट लागेकालाई सिटी स्क्यान गर्नुपर्ने भएपछि पोखरा रिफर गरेको प्रहरीले जानकारी दिएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय