logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य


  • शनिबार, मंसिर ३० २०८०

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा यो साता ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।महासङ्घका अनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार सम्ममा प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    यो साताको आइतबार सुनको मूल्य घटेर कारोबारमा आएको थियो । यस्तै, सोमबार, मङ्गलवार र बुधवार समेत घटेर कारोबार भएको सुनको भाउ बुधवार र बिहीबार बढ्दा समग्रमा ३०० रुपैयाँको वृद्धि आएको हो ।

    यस्तै, महासङ्घले यो साता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा १४ सय ७० रुपैयाँ कायम भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय