logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना


  • शनिबार, मंसिर ३० २०८०

  • काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एसियाली विकास बैंक (एडिबी)ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ। सिद्धार्थनगर नगरपालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडीबीले सघाउने जानकारी दिएको छ।‘हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ।’

    एडिबीको ऋण सहयोगमा नगरपालिका क्षेत्रका सडकमा पैदलयात्री मार्ग, पानीको निकासका निम्ति नाला, साइकल चलाउन बेग्लै बाटो, डण्डा नदीलाई करिडोरको रूपमा विकास गरिनेछ। परियोजनाअन्तर्गत साढे २६ किलोमिटर सडक कालोपत्र गरिनेछ।

    यही मंसिर २८ गते एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो।पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त सहायता घोषणा भएको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय