logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सर्लाहीमा गोली चलाएर सहकारी लुट्ने अझै भेटिएनन्

सर्लाहीमा गोली चलाएर सहकारी लुट्ने अझै भेटिएनन्


  • शुक्रबार, मंसिर २९ २०८०

  • काठमाडौँ । सर्लाहीको हरिपूर्वामा बिहीबार लुटेराले गोली चलाएर सहकारीको पाँच लाख नगद लुटेका छन् । हरिपूर्वा नगरपालिका–५ स्थित जयगंगा बचत तथा ऋण सहकारीको रकम लुटेराले लुटेर भागेका हुन् ।हवाई फायर गरेर लुटेराले सहकारीको कर्मचारीले बोकेको रकम लुटेर भागेका हुन् ।

    एनआईसी एसिया बैंकबाट रकम निकालेर सहकारीको मुख्य शाखामा लगेर त्यहाँबाट अन्य ब्रान्चमा लैजाँदै गर्दा रकम लुटिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।सहकारीका शाखा प्रबन्धक रामनाथ राय र कर्मचारी नीरा रायले नगद लिएर शाखा कार्यालयतर्फ जाँदै गर्दा हरिपूर्वा–६ स्थित हनुमान चोक नजिकै लुटपाट भएको हो । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको एसपी धितालले जानकारी दिए । उनले भने–‘इन्स्पेक्टरको नेतृत्वमा समिति बनाएर अनुसन्धान तथा  छानबिन गरिरहेका छौँ ।’नम्बर नखुलेको मोटरसाइकलमा सवार लुटेरा महोत्तरीतर्फ भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय