logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेत्रहीन महिला क्रिकेटमा नेपालको भारतमाथि १० विकेटको जित

नेत्रहीन महिला क्रिकेटमा नेपालको भारतमाथि १० विकेटको जित


  • बुधबार, मंसिर २७ २०८०

  • काठमाडौं – भारतको मुम्बईमा जारी नेत्रहीन टी–२० महिला क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले भारतमाथी प्रभावसालि जित हासिल गरेको छ। बुधबार भएको खेलमा नेपाली टोलीले भारतीय टिममाथि १० विकेट रवाफिलो जित निकालेको हो।ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजमा पहिलो जित हात पार्‍याे । भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९..१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो।

    नेपालका लगि कप्तान बिनिता ७८ रन तथा कप्तान मनकेशी चौधरीले ७५ रनमा अविजित रहे। पुनले ६० बलमा ७ चौका र चौधरीले ५७ बलमा ५ चौका प्रहार गर्दै टिमको जित निश्चित गरे।

    त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। भारतका लागि सिमु दासले ८४ रन जोड्नु सर्वधिक रह्यो। नेपालले भारतका सबै चार ब्याटरलाई रनआउट गरेको थियो। जसमा बिनिता पुनले २ रनआउट गर्दा सिरिता घिमिरे र निशा धनगौराले एक–एक रनआउट गरे।


    सम्बन्धित समाचार थप

    लोकप्रिय