logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एनसेल खरिद बिक्रीविरुद्धको रिटको पेशी न्यायाधीश सुवेदीको एकल इजलासमा

एनसेल खरिद बिक्रीविरुद्धको रिटको पेशी न्यायाधीश सुवेदीको एकल इजलासमा


  • बुधबार, मंसिर २७ २०८०

  • काठमाडौं- एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा तोकिएको छ।प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा बुधबार चौंथो पटक पेसी तोकिएको हो।

    यसअघि आइतबार, सोमबार र मंगलबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।मलेसियाको आजियाटा कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर स्पेट्रोलाइट युके लिमिटेडलाई बिक्री गरेको छ।

    सात वर्षअघि एक खर्ब ४३ अर्ब ७ करोडमा किनेका शेयर अहिले ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले धेरै प्रश्न उब्जेकाले त्यसलाई मान्यता नदिन माग गर्दै सांसद सिंह सर्वोच्च पुगेका हुन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय