logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फेला पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भन्दै प्रकाशित गरियो सन्नी देओल हराएको सूचना

फेला पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भन्दै प्रकाशित गरियो सन्नी देओल हराएको सूचना


  • बुधबार, मंसिर २७ २०८०

  • एजेन्सी । दमदार अभिनयका कारण भारतमा बलिउड अभिनेता सन्नी देओलका करोडौँ फ्यानहरू छन् । तर पञ्जाबमा भने मानिसहरू उनीसँग रुष्ट छन् । त्यहाँ एकपटक फेरि उनी ‘हराएको सूचना’ प्रकाशित गरिएको छ । यति मात्र होइन उनलाई खोजेर ल्याउनेलाई ५० हजार भारतीय रुपैयाँको पुरस्कारसमेत घोषणा गरिएको छ ।

    यसरी सन्नी हराएको पोस्टर लगाइएको पहिलोपटक भने होइन । सन्नी गुरदासपुर–पठानकोट लोकसभा सिटबाट निर्वाचित भाजपा सांसद हुन् । तर सांसद बनेदेखि जिल्लामा नदेखिएको र विकासको काम पनि नगरेको स्थानीयको आरोप छ ।

    पठानकोट जिल्लाको हलका भोआका मानिसहरूले सरना बसपार्कमा सन्नी हराएको पोस्टर लगाउँदै आक्रोश व्यक्त गरेका छन् । यसअघि हल्का पठानकोट र सुजनापुरमा पनि सन्नी हराएको पोस्टर लगाइएको थियो । यसपछि पनि भाजपा सांसद आफ्नो लोकसभा क्षेत्रमा पुगेनन् ।

    स्थानीयहरूले सन् २०२४ को लोकसभा चुनावमा यस्ता मानिसलाई पुनः टिकट नदिन आग्रह गरेका छन् । उनीहरूले सन्नीले आफूहरूलाई बेवकुफ बनाएर जीत हासिल गरेको आरोपसमेत लगाएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय