logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर–गगन पक्षको ‘वृहत’ भेला हुँदै

आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर–गगन पक्षको ‘वृहत’ भेला हुँदै


  • बुधबार, मंसिर २७ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ ।

    संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो ।

    मंगलबार बस्ने भनिएको यो बैठक आजका लागि सारिएको हो । समूहमा विवाद भएपछि महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारिएको हो ।

    भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी हुनेछन् ।

    यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन । करिब एक वर्षपछि बस्न लागेको हो । गत वर्षको माघमा संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।

    यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय