logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

गणतन्त्रमा संविधानभन्दा माथि कोही पनि हुन सक्दैनः मन्त्री शर्मा

गणतन्त्रमा संविधानभन्दा माथि कोही पनि हुन सक्दैनः मन्त्री शर्मा


  • मंगलबार, मंसिर २६ २०८०

  • काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी छन्।मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी हुन्।

    उनले गणतन्त्रमा कानूनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन्। उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन्। गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको उनको भनाइ थियो।

    उनले भने, ‘हिजो निरंकुश राजतन्त्र थियो। तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानूनको आकर्षण बन्न सक्दैन थियो। उनीहरुमाथि कुनै पनि कारबाहीको कुरा हुन सक्दैन थियो। तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ। संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ। त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउँछ। यो व्यवस्थामा यो गणतन्त्रमा संविधानभन्दा माथि कानूनभन्दा माथि, निगरानीभन्दा माथि कोही पनि हुन सक्दैन।’

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय