logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

स्टेडियममा नै दर्शकको निधन भएपछि रोकियो खेल

स्टेडियममा नै दर्शकको निधन भएपछि रोकियो खेल


  • सोमबार, मंसिर २५ २०८०

  • काठमाडौं । स्पेनिस लालिगाअन्तर्गत आइतबार राति ग्रान्डा र एट्लेटिको बिलबाओबीचको खेल १७ मिनेटपछि रोकिएको छ। खेल हेर्न आएका एक दर्शकको मृत्यु भएपछि खेल सोमबारका लागि सारिएको हो।

    ग्रानडाको घरेलु मैदान नुएभो लस कारमेनिस स्टेडियममा १७ मिनेटको खेल चलेपछि रोकिएको थियो। ग्रानाडाको टिकट होल्डर दर्शकलाई हर्टअट्याक आएको थियो। उनलाई बचाउने प्रयास गरिएको भएपनि सफल हुन सकेन। जसका कारण ग्रानडाले खेल स्थगितको अनुमति लिएको थियो।लालिगाले यो खेल आजका लागि सारेको छ।

    खेलमा एट्लेटिकोले छैटौं मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो। बिलबाओका लागि इन्की विलियम्सले हेडमार्फत टिमलाई अग्रता दिलाएका थिए।आयोजक ग्रानडाले ग्रानडा परिवारका लागि दुखद् दिन भएको भन्दै परिवार र सहकर्मीहरूप्रति सहानुभूति व्यक्त गरेको छ। साथै परिवारमा धैर्यधारणको शक्तिको लागि प्रार्थना गरेको जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय