logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

ब्रोइलर कुखुरा बरामद

ब्रोइलर कुखुरा बरामद


  • आइतबार, मंसिर २४ २०८०

  • काठमाडौं-  बाँके प्रहरीले जिल्लाको पूर्वी नाकाबाट ठूलो संख्यामा ब्रोइलर कुखुरा बरामद गरेको छ।भारतबाट नेपाल भित्र्याइसकेको एक सय १० वटा ब्रोइलर कुखुरा प्रहरीले बरामद गरेको हो।

    राप्तीसोनारी गाउँपालिका–४, कुमरगाउँमा कुखुरा बोकेका तस्कर प्रहरी देखेपछि भागेका थिए । प्रहरीले तीन वटा मोटरसाइकल र कुखुरा नियन्त्रणमा लिएर पशु क्वारेन्टाइनमा बुझाएको छ।

    तस्करले फलामको केजमा कुखुरा राखेर ल्याइरहेका थिए । बाँकेको नेपालगञ्ज र आसपासका नाकाबाट कुखुरा तस्करी हुने गरेको बताइरहेका बेला पूर्वी नाकाबाट ठूलो मात्रामा कुखुरा बरामद भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय