logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण


  • आइतबार, मंसिर २४ २०८०

  • काठमाडौं- बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ।यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता थियो।गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ।

    गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरूलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताए।ज्येष्ठ तथा अशक्त नागरिकका समस्यालाई दृष्टिगत गरी सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाबाटै सुरु गरिएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय