logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा, पहिलो नम्बरमै पेसी

सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा, पहिलो नम्बरमै पेसी


  • आइतबार, मंसिर २४ २०८०

  • काठमाडौं- सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ। उनको सुनुवाइ पहिलो नम्बरमा नै रहेको छ। यसअघि पटक-पटक स्थगित हुँदै आएको पेसी दुबै पक्षले बहस नोट अदालतमा बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो।गत २३ कातिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुबै पक्षका कानुन व्यवसायीले लिखित रूपमा बहस नोट अदालतसमक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलात्कार मुद्दाले किनारा पाउने विश्वास गरिएको छ।

    सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो। विभिन्न बहानामा पटक-पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमीरेको इजलासले गत २३ कात्तिकमा दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थयो।जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा लामो समयदेखि चलिरहेको छ।

    गत वर्षको १५ फागुनमा नै सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिँदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो। तर उक्त आदेश दिएको ९ महिना बितिसक्दा समेत मुद्दाले किनारा पाउन सकेको छैन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय