logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भ्रष्टाचार नियन्त्रणको लागि भएको प्रयत्न अपूर्ण छ: प्रधानमन्त्री दाहाल

भ्रष्टाचार नियन्त्रणको लागि भएको प्रयत्न अपूर्ण छ: प्रधानमन्त्री दाहाल


  • शनिबार, मंसिर २३ २०८०

  • काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले गरिरहेको प्रयत्न र परिणाम अपूर्ण रहेको बताएका छन्।भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

    प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए। भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको बताए।

    उनले भने, ‘त्यसको सकरात्मक परिणामसमेत हासिल भएका कारण आम नागरिकमा क्रमश: आशाको सञ्चार हुँदै गएको छ। यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन। आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ। यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको तथ्यसमेत म स्पष्ट गर्दछु।’

    वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको प्रधानमन्त्री दाहालकाे भनाइ छ। भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा निवारण गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको उनले बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय