logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो


  • बिहिबार, मंसिर २१ २०८०

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । महासङ्घले आजको मूल्य सूची कायम गर्दै हिजो बुधवारको तुलनामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ ।हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम भएको जनाएको छ । जुन, हिजो बुधवार १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यो २० रुपैयाँको गिरावट हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय