logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जलवायु परिवर्तनको प्रभाव न्युनीकरण गरी मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती: राष्ट्रपति पौडेल

जलवायु परिवर्तनको प्रभाव न्युनीकरण गरी मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती: राष्ट्रपति पौडेल


  • मंगलबार, मंसिर १९ २०८०

  • काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्युनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन्।मंगलबार ललितपुरमा इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।उनले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए।

    राष्ट्रपति पाैडेलले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गरे।उनले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको बताए।जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू रहेको उनकाे भनाइ छ।उनले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा रहेको पनि बताए।

    राष्ट्रपति पाैडेलले सदस्य राष्ट्रहरूले जलवायु परिवर्तनजन्य समस्या समाधान गर्न एकजुट भएर सहकार्य गर्न र मुद्दा अन्तर्राष्ट्रिय स्तरमा एकमत भइ उठान गर्न समेत आह्वान गरे।उनले आगामी दिनमा अहिले देखिएका महत्त्वपूर्ण मुद्दालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताए।उनले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झन्डै २ अर्ब नागरिक तथा सामुन्द्रिक तटका देशहरूलाई समेत साथ लिइ थप सहकार्य गर्नु उपयुक्त हुने सुझावसमेत दिए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय