logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, ११ लाख भन्दा बढीको हात खाली

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, ११ लाख भन्दा बढीको हात खाली


  • मंगलबार, मंसिर १९ २०८०

  • काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) १ लाख १४ हजार ८०० जनाले पाएका छन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गर्दै कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएको जनाएको हो ।आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जबकि, कम्पनीले ११ लाख ४८ हजार कित्ता मात्रै सेयर बिक्री खुलाएको थियो ।

    यसमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।मंसिर ८ देखि १२ गतेसम्म सेयर बिक्री खुलाएको कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो । बाँकी ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय